बर्ने चिया बगान
यो झापा जिल्लाको उत्तरी गाविस शान्तिनगरमा पर्दछ । यहाँ चियाको अवलोकन तथा अन्य मनोरम दृश्यले गर्दा सबै समयमा पर्यटकको घुईचो लाग्ने गर्दछ । झापा जिल्लाको पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिण सत्रबै क्षेत्रमा चियाको बगान छन् । र ती बगानमा चिया टिपेको, स्प्रिेकलरबाट सिचांइ गरेको हेर्न साह्रो आनन्द आउँछ ।
पिण्डेश्वर
विजयपुरमा अवस्थित पिण्डेश्वर हिन्दू तीर्थयात्रीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ । हिमवत्खण्ड पुराणको रुद्राक्षारण्य र महात्म्य अनुसार देवता र दानवले समुद्रमन्थन गरी निकालेको अमृत र विषमध्ये अमृतलाई छाने पछी बाँकी रहेको छोक्रा पिण्ड वनाइ प्mयालेको स्थान पिण्डेश्वर हो ।
दन्तकाली
सुुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.–१४ विजयपुर डाँडाको मध्य भागमा दन्तकाली मन्दिर रहेको छ । मध्यकालतिर कालिकाका नामले जानिने उक्त देवीलाइ स्वस्थानी व्रतकथामा आधारित सतिदेवीको दाँत पतन भएको स्थान मानिन्छ ।

