इलाम

१) जिल्लाको नाम: इलाम
२) सदरमुकाम : इलाम
३) क्षेत्रफल: १७०३ कि.मी.
४) सिमाना: पूर्व - भारतको बंगाल
पश्चिम- धनकुटा र मोरङ
उत्तर- पाँचथर
दक्षिण - झापा
५) हावापानी : अर्धउष्ण, र समशितोष्ण
६) भौगोलिक अवस्था: अक्षांक्ष-२६० ४२' उत्तरदेखि २७० ०८' सम्म
देशान्तर ८७० ४२' पुर्वदेखि ८८० ०७' पर्ूव सम्म
७) भाषा : नेपाली, र्राई, लिम्बु, मगर, नेवारी, भोटे, शर्ेपा आदि
८) तापक्रम: अधिकतम २९ न्यूनतम ४ देखि १ सम्म
मुख्य पर्यटकीय ठाउँहरु : अन्तु डाडाँ, माइपोखरी, तीनथुम्की, चियाबागान, सन्दकपुर, इलाम बजार, कन्याम, पशुपती नगर आदि ।
 
प्राकृतिक विविधताले सिंगारिएको सुन्दर पहाडी जिल्ला इलाम आन्तरीक र विदेशी पर्यटन विकासको प्रचुर सम्भावना रहेको जिल्ला हो । सूर्योदय र सर्ूयास्तको दृश्य, चियाका बोटले सिगारिएको हरियाली डाडाँहरु विभिन्न ताल, झरना र पोखरी सांस्कृतिक चार्डपर्व, मेला, सहजपदयात्रा, र हिमालहरुको दृश्यावलोकन गर्न सकिने इलाम जिल्ल्ाामा प्राकृतिक, धार्मिक र ऐतिहासिक रमणीय ठाउँहरु प्रशस्त रहेका छन् ।