Morang

जिल्लाको छोटकरी विवरण :
| १) जिल्लाको नाम: | मोरङ |
|---|---|
| २) सदरमुकाम : | विराटनगर |
| ३) क्षेत्रफल: | १८५५ व.कि.मी. |
| ४) सिमाना: | पुर्व– झापा र इलाम
पश्चिम– सुनसरी उत्तर– धनकुटा र पाँचथर दक्षिण – भारतको विहार |
| ५) हावापानी : | उष्ण, अर्धउष्ण र समशितोष्ण |
| ६) भौगोलिक अवस्था: | अक्षांक्ष–२६० ००’ उत्तरदेखि २६० २३’ देशान्तर ८७० ४०’ प”र्वदेखि ८८० ००’ पूर्व सम्म |
| ७) भाषा : | नेपाली, मैथिली, राई, लिम्बु , थारु, सतार, मगर, भोजपुरी, गुरुङ, तामाङ, नेवारी, राजवंशी आदि । |
| ८) तापक्रम: | अधिकतम ३९० न्युनतम ५० |
| मुख्य पर्यटकीय ठाउँहरु : विराट राजाको दरवार, राजारानी पोखरी, धनपाल गढी, सुनवर्षी पोखरी बाघझोडा, हरिश्चन्द्र गढी, मिक्लाजुङ डाँडा आदि । | |
| प्रमुख शहरहरु : विराटनगर, उर्लावारी, रंगेली, हरैचा, मधुमल्ला आदि । | |
| मुलुककै प्रमुख औद्योगिक क्षेत्र रहेको पुर्वि नेपालको तराईमा पर्ने मोरङ्ग व्यापारिक केन्द्रको रुपमा पनि रहेको छ । काठमाण्डौँ बाट ५०६ कि.मी. पुर्वमा रहेको यो जिल्लामा सतार, धिमाल, राजवंशी, थारु जस्ता महत्वपुर्ण आदिवासीहरुको बसोबास रहेकोले यहाँ सांस्कृतिक पर्यटन र ग्रामीण पर्यटनको सम्भावना रहेको छ । यस जिल्लामा धार्मिक, ऐतिहासिक तथा पर्यटकिय स्थलहरु प्रशस्त मात्रामा रहेका छन् । | |

