सुनसरी जिल्लाको चतराधाम धरान नगरपालिका देखि करिब १३ कि.मि. पश्चिममा सप्तकोशी नदीको किनारामा पर्दछ । वराहक्षेत्र जाने वाटामा पर्ने चतरा ज्यादै प्राचीन स्थल मानिन्छ । पहाडको फेदीमा नै रहेको चतरामा मुख्यतया दुईवटा धार्मिक स्थलहरु छन् । तीनीहरु चतराको औलीयामठ र राधाकृष्ण आध्यात्मिक भक्ति साधना प्रतिष्ठानहरु हुन् । यिनीहरु मध्ये यहाँको पुरानो मठ भने औलयामठ हो । औलियावावाको कहानीसंग जोडिएको यस मठको इतिहास मध्यकाल सम्म पुग्दछ ।
चतराको औलियामठ क्षेत्रमा भैरव, काली, शिव, शिवगणेश र हनुमान आदिका मूर्ति र मन्दिरहरु छन् । यसवाहेक अैलियावावाको गुदरी घर पनि यसै भित्र पर्दछ । यहाँको मनमुकुन्देश्र शिवालय मनमुकुन्द सेनलो स्थापना पाएको मानिन्छ ।
चतरामठमा मेला लाग्ने मुख्य पर्व कार्तिक पूर्णिमा हो । उक्त अवशरमा साधु सन्यासीहरु नेपाल र भारतको ठूलो क्षेत्रबाट यस मठमा आउँछन् र विशेष उत्सवका साथ औलिवावाको निसान वराहक्षेत्र पु¥याउँछन् । त्यसपछि उक्त निसानलाई तीन दिनसम्म वराहक्षेत्र मन्दिर भित्र राखी कार्तिक पूर्णिमाको भोलिबाट चतरा फिराएपछि कार्तिक मेलाको समापन गर्दछन् । यसरी चतरामठ र बराहक्षेत्रको विशेष महत्व रहेको पाईन्छ ।
चतराको अर्काे आकर्शण राधाकृष्ण भक्ति साधन आध्यात्मिक प्रतिष्ठान हो । वि.सं. २०५१–५२ साल तिर चतराको दुर्वासाघाट नजिक वालसन्त मोहन शरण देवाचार्यले उक्त आश्रम स्थापना गराएको पाइन्छ । वालसन्तले प्राचीन हरिद्वारका रुपमा प्रचार गरेको यो स्थान पर्यटकीय दृष्टिले निकै महत्वपूर्ण छ । हाल त्यस स्थानमा मन्दिरहरु, वृद्धाश्रम, वेद विद्यालय, कुम्भ स्मारक तथा आकर्शण का थुप्रै विषयवस्तु रहेका छन् । त्यहाँ आयुर्वेदिक विश्वविद्यालय, धर्मशाला, गौशाला, यज्ञशाला र अन्य मठ मन्दिरहरु भने निर्माणाधिन छन् ।
चतराक्षेत्र जंगलसफारी, जलक्रिडा तथा नौकाशयरका दृष्टिले समेत महत्वपूर्ण छ । चतरा छेउको सप्तकोशी नदीमा नौकाशयर गरी पर्यटकहरु रमाउन सक्तछन् । दोलालघाटबाट आउने ¥याप्mटीङसेवा टुङ्गिने अन्तिम विन्दु पनि चतरा नै हो । चराहरुको पदयात्रा र सुन्दर पहाडी दृश्यावलोकन समेत यस स्थानमा आउने पर्यटकका लागि आकर्शणका केन्द्र विन्दु हुनसक्दछन् ।

